काठमाडौं– संसद्मा रिक्त रहेको सभामुख पदको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सांसद पुष्पा भुसाललाई उठाउने भएकाे छ । सोमबार बस्ने संसद बैठकले रिक्त सभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने भएको छ ।
यसअघि कृष्णबहादुर महरालाई नेकपाले उम्मेदवार बनाउँदा प्रतिपक्षी कांग्रेसले कसैलाई पनि उम्मेदवार बनाएको थिएन । सत्तारुढ नेकपाले सांसद अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । उनीमाथि व्यक्ति हत्याको आरोप छ । जुन मुद्दा अहिले सर्वोच्चमा छ ।
सत्तारुढ दलले व्यक्ति हत्याका आरोपीलाई सभामुख उम्मेदवार बनाएको भन्दै कांग्रेसले छुट्टै उम्मेवारी दिन लागेको हो । कांग्रेस केन्द्रीय सदस्य भुषाल नेपाली कांग्रेसकी सचेतक पनि हुन् । उनले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।