नेप्से साढे २६ अंकले ओरालो

काठमाडौं– धितोपत्र  बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६ अंकले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर आज ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज २६.५४ विन्दुले घटेर एक हजार ३१७.११ मा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम झण्डै रु दुई अर्ब बराबर छ । कुल १ सय ८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता सेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९ सय ९३ मूल्यमा खरिद–बिक्री भए । 

नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बिमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बिमा १५४.६५ र सामूहिक लगानी कोष ०‍.१८ ले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ९२ लाख ९५ हजार ९३६ मूल्य बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । एनसिसी बैंक रु १३ करोड ३२ लाख १६ हजार ८१७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी नौ करोड ३० लाख दुई हजार ११७, प्रभु बैंक रु ६ करोड ७१ लाख ३८ हजार ३५२, एनआइसी एशिया बैंक रु पाँच करोड ९८ लाख ४८ हजार ९०२, शिवम् सिमेन्ट रु पाँच करोड ८० लाख ३० हजार ९५५ र सूर्य लाइफ इन्सुरेन्स कम्पनी रु पाँच करोड ४४ लाख ९५ हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे । 

मल्टीप्रपोज फाइनान्स कम्पनी ९.७७, ग्लाबेल आइएमई बैंक ९.७२, सूर्य लाइफ इन्सुरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २.५४, सिनर्जी पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका शेयरधनीले १.८६ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९.८२, हिमालयन पावर पार्टनर ९.४१, विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.३३ प्रतिशतले गुमाए ।





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १६:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया