सानिमा बैंक र ग्रान्डी अस्पतालबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

काठमाडौं– सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौताबमोजिम सानिमाको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरूमा उपचारको क्रममा सहज रूपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरूमा ७.५ प्रतिशतसम्म छुट प्राप्त गर्ने जनाइएको छ ।

सम्झौतापत्रमा सानिमाका तर्फबाट प्रमुख निक्षेप अधिकृत बबिसिंह गड्तौला र ग्रान्डीका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरे ।





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १७:३५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया