विदेशी बिरालो पाल्न खोज्दा ठगिए बैंक म्यानेजर

एजेन्सी– पछिल्ला दिनमा नेपालमा पनि विभिन्न बैंकिङ कसुरका समाचारहरु आइरहेका छन् । 

तर, बैंकमा रहेका व्यक्तिहरु ठगिने नेपालमा मात्र होइन रहेछ । भारतमा पनि एक बैंक म्यानेजर ठगिएका छन् । तर, उनी ठगिनुको कारण चाहिँ अचम्मको छ । 

दिल्लीमा उनले बिरालो पाल्न चाहेकाले ठगिएका हुन् । विदेशी नस्लको बिरालो पाल्नचाहेका साहिल राठी नामका यी व्यक्ति दिल्लीको एउटा बैंकका ब्रान्च म्यानेजर हुन् । 

बिरालो पाल्नका लागि उनले गुगलमा खोजेका थिए । एउटा नम्बर भेटे पनि । 

दुई दिनपछि त्यो नम्बरबाट आएको लिंक उनले क्लिक गरे । लगत्तै उनको बैंक एकाउन्टबाट पैसा काटियो । यो लिंक उनलाई उनको भेरिफिकेसनका लागि भनेर पठाइएको थियो । अनि बिरालो दिने मान्छेले चाहिँ उनलाई भनेका थिए– बिरालो एम्बुलेन्समा आउँदै छ ।





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार २०:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया