काठमाडौं– जापानको एक फेसन कम्पनीका मालिक युसाकु मिजावा ट्विटरमा उनलाई फलो गर्नेहरुलाई एक अर्ब नेपाली रुपैयाँ बाँड्दै छन् । उनले यसलाई सामाजिक प्रयोग बताएका छन् । यसबाट उनले मानिसहरुलाई पैसाले खुसी दिन्छ या दिँदैन भन्ने रिसर्च गर्न खोजेका हुन् ।
उनले ट्विटमा आफ्ना फलोअर्समध्ये एक हजार मानिसलाई छान्ने र प्रत्येकलाइै जापानी येन १० लाख दिने बताएका छन् । यसका लागि उनले १ जनवरीमा ट्विट गरेका थिए । यसका लागि उनको ट्विट रिट्विट पनि गर्नु पर्ने हुन्छ ।
यसबाट उनले मानिसको जीवनमा पैसा हुँदा कस्तो फरक देखिने रहेछ भन्ने कुरा निर्धारण गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।