सलमानले बर्थडेमा पाएको बेस्ट गिफ्ट

एजेन्सी– बलिउड अभिनेता सलमान खानले आफ्नी बहिनी अर्पिता खानलाई निकै मन पराउँछन् । सबैलाई थाहा भएको कुरा हो, उनले बहिनीका लागि अनेक कामहरु पनि गरेका छन् । 

तिनै अर्पिताले सलमानको जन्मदिनमा अर्थात् २७ डिसेम्बरमा छोरा जन्माएकी थिइन् । 

सलमानले त्यति बेला आफू यो कुराले निकै खुसी भएको बताएका थिए । उनले त बहिनीले आफूलाई जन्मदिनको सबैभन्दा सुन्दर उपहार दिएको पनि उल्लेख गरेका थिए । अब अर्पिताले सलमानसँग आफ्नो छोराको फोटो राख्दै एउटा इन्स्टाग्राम मेसेज लेखेकी छिन् ।

‘यो दुनियाँमा मलाई अरु कुनै पनि कुराको डर लाग्दैन,’ उनले लेखेकी छिन्, ‘तपाईं मेरो साथमा हुनुहुन्छ र मेरो ख्याल राख्नुहुन्छ भन्ने मलाई थाहा छ ।’





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १९:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया