सडक दुर्घटनामा निधन भएका छोराका बाबुले १३ औंमा बाँडे हेलमेट

एजेन्सी– भारतको मध्यप्रदेशको घटना हो यो । त्यहाँ एक सडक दुर्घटनामा एक २५ वर्षीय युवाको निधन भएपछि उनका बाबुले नयाँ तरिका अपनाएका छन् । उनले छोराको निधन भएको १३ औं दिनमा बाइकमा सवार भएका ५१ युवाहरुलाई हेलमेट बाँडेका हुन् ।

यसरी छोराको १३ औं पुण्यतिथिको दिनमा हेलमेट बाँड्ने व्यक्ति हुन्, महेन्द्र दीक्षित । स्थानीय स्कुलका यी शिक्षकका छोराले सडक दुर्घटनामा पर्दा हेलमेट लगाएका थिएनन् ।

‘छोराको निधनले हामी निकै दुखी छौँ,’ महेन्द्रले छोराको १३ औं दिनमा आयोजित श्रद्धान्जली सभामा भने, ‘यस्तो घटना कसैलाई नहोस् भन्ने चाहन्छु । दुर्घटना हुँदा मेरो छोराले हेलमेट लगाएको थिएन, म यस्तो नहोस् भन्ने कामना गर्दै ५१ युवालाई हेलमेट दिन चाहन्छु ।’





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १८:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया