Sat, 04 Apr, 2020


सभामुख र उपसभामुखकाे टुङ्गाे लगाउन कांग्रेस संसदीय दलकाे बैठक
फरकधार / माघ ७, २०७६
फाइल तस्वीर ।

काठमाडाैं– प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक जारी छ । सभामुख वा उपसभामुखको उम्मेदवारीको टुंगो लगाउन सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी रहेको हो ।



सत्तारुढ नेपाल कम्यसनिष्ट पार्टी (नेकपा)ले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाएपछि कांग्रेसले पनि उम्मेदवारबारे निर्णय गर्न छलफलमा जुटेको हो । 

सभामुख र उपसभामुखमध्ये एक पद दावी गर्दै आएको कांग्रेसले सभामुखमा नेकपालाई सघाउने संकेत देखिएको छ । सभामुखमा नेकपालाई सघाएर उपसभामुखमा उम्मेदवारी दिने कांग्रेसको रणनीति रहेको स्रोतको भनाइ छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्