काठमाडौं– नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । १२ माघमा सभामुख पदका लागि प्रतिनिधि सभामा निर्वाचन हुँदैछ ।
कांग्रेस संसदीय दलको मंगलबार विहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।
सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।