आइसिपीको संयुक्त उद्घाटनपछि समकक्षी मोदीलाई ओलीको निमन्त्रणा, जवाफमा मोदीले भने– फेरि भेट होला नमस्कार !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरमा निर्माणसम्पन्न एकीकृत जाँच चौकी (आइसिपी)को मंगलबार उद्घाटन गरेका छन् । दुई देशका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत आइसिपीको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच समाधान हुन बाँकी समस्या समाधान गर्ने समय आएको बताए । त्यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले छिमेक पहिलो आफ्नो सरकारको प्राथमिकता भएको बताउँदै उनले क्रस बोर्डर कनेक्टिभिटीलाई बढाउनु यसको काम भएको बताए । 

सोही अवसरमा ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको समेत निम्ता दिएका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावमा भारतीय प्रधानमन्त्री मोदीले आफू यस वर्ष उपयुक्त समय मिलाएर नेपाल भ्रमणमा आउने बताए । मोदीले नेपालीहरुलाई शुभकामना दिँदै भने, 'फेरि भेट होला नमस्कार ।’





  • प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार १५:१६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया