बैतडी- बैतडीको डिलासैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी र नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलगेटमा प्रेसरकुकर बम भेटिएका छ । डिलासैनी गाउँपालिका–३ पंसेरामा बुधबार बिहान ३ बजे गाउँपालिकाको वडा नं. ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो ।
गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको छ । नेकपाका अध्यक्ष पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । पालकै से१ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ ।
आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख प्रमुख डिएसपी दिल्लीनारायण पाण्डेले जानकारी दिए । बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ ।
घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।