ए डिभिजन लिग : पुलिसलाई हराउँदै मछिन्द्रले गर्यो आर्मीसँग अंक बराबरी

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानको होडमा आफूलाई कायम राख्ने क्रममा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज भएको खेलमा मछिन्द्रको जिलका लागि रञ्जित धिमालले गरेको एक मात्र गोल पर्याप्त रह्यो । रञ्जितले खेलको ५३औँ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । धिमाल खेलको उत्कृष्ट खेलाडी पनि घोषित भए । 

जितसँगै मछिन्द्रले शीर्ष स्थानको त्रिभुवन आर्मीसँग अंकमा पनि बराबरी गरेको छ । तर, आर्मी गोल अन्तरमा अगाडि रहेको छ भने उसले एक खेल कम खेलेको छ । 

मछिन्द्र ८ खेलबाट १६ अंकको साथमा लिगको दोस्रो स्थानमा कायम छ भने आजको खेलमा पराजय बेहोरेको पुलिस पनि समान खेलबाट ११ अंकको साथमा लिगको छैटौँ स्थानमा कायम छ । 
 





  • प्रकाशित मिति : माघ ८, २०७६ बुधबार १७:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया