‘मलाई भारतले होइन, अल्लाहले पाल्छन्’

पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तरले एउटा भिडियो सार्वजनिक गरेका छन् जसमा उनले भारतका पूर्वक्रिकेटर विरेन्दर सहवागको एउटा पुरानो भिडियोमा आएका विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले त्यो भिडियोमा भनेका छन्– मलाई भारतले होइन, अल्लाहले पाल्छन् ।

बुधबार शोएबले आफ्नो युट्युब च्यानलमा भिडियो सार्वजनिक गर्दै वीरेन्द्र सहवागको कुरालाई कटाक्ष गरेका हुन् । उनले भनेका छन्, ‘मेरा साथी सहवागबारे मलाई सबै कुरा थाहा छ किनकि उनी नन सिरियस कुरा धेरै गर्छन् ।’

त्यही भिडियोमा उनले शोएबले पैसा चाहिने भएकाले भारतको तारिफ गर्ने गरेको प्रसंग उल्लेख गर्दै भनेका छन् कि आफूलाई भारतले नभएर अल्लाहले पाल्ने गरेका छन् । 

‘जति सहवागको टाउकोमा कपाल छैन,’ शोएबले भनेका छन्, ‘त्यति त मसँग माल छन् ।’

तर, उनले यो जवाफ दिए पनि यसलाई रमाइलको रुपमा लिनु पर्ने पनि भिडियोमा नै बताएका छन् । 

वीरेन्दर सहवागको जुन भिडियोको कुरा अख्तरले निकालेका छन्, त्यो भिडियो सन् २०१६ को एक कार्यक्रमको हो । कार्यक्रममा सहवागले शोएबबारे भनेका छन्– शोएबले भारतको किन तारिफ गर्छन् भने उनलाई पैसाको जरुरत छ, उनले भारतको तारिफ गरे भने न उनलाई यहाँ बोलाउन सकिन्छ र उनले पनि बिजनेस पाउँछन् ।



शोएबको प्रतिक्रिया आए पनि सहवागले यसबारे केही बोलेका छैनन् । तर, शोएबको भिडियो निकै भाइरल भइरहेको छ ।

शोएब अख्तरले पाकिस्तानका लागि ४६ टेस्ट म्याच, १६३ वानडे तथा १५ टी २० खेल खेलेका छन् ।



त्यसो त शोएब अख्तर केहीअघि पनि विवादमा आएका थिए । 

  • प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार १०:५१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया