बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा, तर उपत्यकाका तीन जिल्लामा लागू नहुने

काठमाडौं– बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । तर, सो बिदा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा लागू हुने छैन ।  

तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा बागमती प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । 

काठमाडौं, भक्तपुर र ललितपुरबाहेक बागमती प्रदेशका अरू जिल्लामा मात्र प्रदेश सरकारले दिएको बिदा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रिपरिषदले गत वर्ष चैतमा नै प्रदेश ३ सरकारले दिने बिदा उपत्यकाबाहेक अन्य जिल्लाको हकमा मात्रै लागू हुने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार १५:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया