पक्राउ परे प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे

पोखरा– कास्की प्रहरीले गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ  ‘दीपक मनाङे’लाई पक्राउ गरेको छ ।

मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखराको लेकसाइडको होटलबाट पक्राउ गरेको हो । 

जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद राजीव गुरुङ ‘दिपक मनाङे’विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

एन्फा कास्की अध्यक्ष गुरुङले बुधबार मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए । मंगलबार पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि मनाङेले आफूलाई झापड हानेको उनको जाहेरीमा उल्लेख छ । 

मनाङबाट आएका खेलाडीको व्यवस्थापनका लागि मागेको खर्च नदिएको भन्दै गुरुङलाई आफूले झापड हानेको मनाङेले स्वीकार गरेका छन् ।





  • प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार १६:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया