बाबु ज्याकीको छाेरा टाइगरकाे फिल्ममा इन्ट्री

सन् २०१९ मा अभिनेता ऋतिक रोशनसँग फिल्म वारमा काम गरेर धमाल मच्चाएका टाइगर श्राफ फेरि एकपटक आफ्नो एक्सनको कमाल देखाउन जुटेका छन् । 

अहिले बागी ३ को सुटिङमा व्यस्त रहेका टाइगरले यही फिल्ममा आफ्नो एक्सन देखाउने भएका हुन् । अब यो फिल्मबारे नयाँ अपडेट आएको छ । त्यो हो– फिल्ममा टाइगरका बाबु ज्याकीले पनि काम गर्दैछन् ।

मुम्बई मिररको एक रिपोर्टका अनुसार टाइगर श्राफ स्टारर फिल्म बागीको तेस्रो सिक्वेलमा ज्याकीले काम गर्ने भएका हुन् । यी बाबु छोरा एउटै फिल्ममा काम गर्न लागेको यो पहिलो पटक हो ।  





  • प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार १६:५५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया