काठमाडौं– नेपाली सेना र अमेरिकी सेनाबीच काठमाडौंमा संयुक्त सैन्यअभ्यास हुने भएको छ ।
एक महिना चल्ने सो संयुक्त सैन्यअभ्यास फागुन ५ गतेदेखि सुरू हुने र चैत ६ गते सकिने सैनिक स्रोतको भनाइ छ ।
छाउनी र नगरकोटमा हुने संयुक्त अभ्यासमा अमेरिकी सेनाका ९ जना र नेपाली सेनाका ३६ जना सहभागी हुनेछन् ।
दुई देशका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेहरूको उद्धार र सहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।