काठमाडाैं– नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले पर्यटकको सुरक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।
नाट्टाका नवनिर्वाचित अध्यक्ष अच्युत गुरागाईंले एक विज्ञप्ति जारी गरी केही दिनअगाडि अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा पदयात्रामा गएका कोरियन पर्यटक र नेपाली पथप्रदर्शकको हराएको तथा मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटकको मृत्यु भएको भन्दै पर्यटकको सुरक्षाका लागि सरकारसँग आग्रह गरेका हुन् ।
अन्नपूर्ण बेस क्याम्पमा चार कोरियनसहित सातजना बेपत्ता र मकवानपुरमा ८ जनाको ज्यान गएको थियो । 'नेपालमा भ्रमण वर्ष–२०२० मनाउँदै गर्दा विदेशी पर्यटकको निधनले नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभावप्रति सबै सचेत हुनु आवश्यक छ,'–उनले भने ।
नाट्टाले यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुरक्षाका विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएको छ । दुर्घटनामा निधन भएका परिवारजनप्रति नाट्टाले गहिरो समवेदना व्यक्त समेत गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।