मोरङको केराबारी गाउँपालिकामा बम

मोरङ– मोरङको केराबारी गाउँपालिका कार्यालयमा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ । त्यहाँ राखिएको अर्को बम शनिबार विहान नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 

गए राति १० बजे नै गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाका अनुसार, विस्फोटबाट कार्यालयका कोठासँगै छिमेकका घरमासमेत क्षति पुगेको छ ।

मोरङमा पछिल्लो समय हिंसात्मक गतिविधि बढेका छन् । यो घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तर, यसमा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ । 





  • प्रकाशित मिति : माघ ११, २०७६ शनिबार ११:३६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया