काठमाडौं– नेपालको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा वेस्ट इन्डिजका ड्वेन स्मिथले पनि खेल्ने भएका छन् । उनले भैरहवा ग्लाडिएटर्सबाट इपिएल खेल्ने भएका हुन् ।
भैरहवा ग्लाडिएटर्सले अनुबन्धन गरेपछि स्मिथले आफू नेपाल आउन आतुर रहेको बताएका छन् ।
उनले यसअघि नै नेपालबारे सुनेको पनि बताएका छन् । ‘नमस्ते नेपाल,’ उनले भनेका छन्, ‘मैले इपिएल खेल्ने निर्णय गरेको छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।