महायज्ञ गरेर प्राविधिक विषय पढाउन खाेजिँदै

भक्तपुर— चाँगुनारायण माध्यमिक विद्यालयले प्राविधिक विषय पठनपाठनका लागि आवश्यक स्रोत जुटाउन महायज्ञ गर्न लागेको छ । कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयले सबै तहको पढाइलाई अंग्रेजी माध्यमबाट सञ्चालन गर्न र प्राविधिक विषयको पढाइ सञ्चालन गर्न अक्षयकोष स्थापनाका लागि महायज्ञ गर्न लागेको विद्यालयका प्रधानाध्यापक दधिराम गेलालले बताए । 

चाँगुनारायण नगरपालिका–१ मा रहेको विद्यालयले ११ माघदेखि महायज्ञ सञ्चालन गरेको छ । आवश्यक जनशक्ति व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव खड्काले बताए ।





  • प्रकाशित मिति : माघ १२, २०७६ आइतबार ९:४३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया