काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी नीति असल व्यवसायीका लागि फलदायी रहेको बताएका छन् । ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै डा. खतिवडाले अतिरिक्त डर नपाल्न निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले नेपालको अर्थतन्त्र सकारात्मक बाटोमा रहेको र सरकारी नीति असल व्यवसायीका लागि फलदायी रहेको प्रष्ट पारे ।
‘निजी क्षेत्रका साथीहरू आत्तिएको पाएँ,’ सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान गलत गर्नेका लागि मात्रै आकर्षण हुने बताउँदै उनले भने, ‘यस्तो होइन, गलत ठाउँमा मात्रै डण्डा चल्छ ।’
विदेशी मुद्रा सञ्चितीमा मुलुक दक्षिण एसियामै राम्रो रहेको तथा बैंक ब्याजदरको समस्या नरहेको धारणा राख्दै अर्थमन्त्री खतिवडाले राजश्व लक्ष्यलाई लिएर आफू नडराएको र यसका लागि निजी क्षेत्रमाथि डण्ठा नचलाउने आश्वासन दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।