सिन्धुलीमा माइक्राे बस दुर्घटना, चालककाे मृत्यु
मृत्यु भएका चालक मोहन महर्जन र दु्र्घटनामा परेकाे माइक्रोबस

सिन्धुली– झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुंग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सो दुर्घटनामा मध्यपुरथिमी नगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन महर्जनको आज बिहान मृत्यु भएकाे हाे ।

दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । मृत्यु भएका कार्की सो बसका सवारीधनीका साथै चालक पनि हुन् ।  बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको थियो । 





  • प्रकाशित मिति : माघ १२, २०७६ आइतबार १४:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया