बास्केटबल लिजेन्ड कोब ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा निधन

एजेन्सी– अमेरिकी बास्केटबल खेलाडी कोब ब्रायन्टको अमेरिकी प्रान्त क्यालिफोर्नियामा भएको एक हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । यो दुर्घटनामा कोबकी १३ वर्षीया छोरी गियानासहित अन्य ९ जनाको पनि निधन भएको छ । 

४१ वर्षका कोब आफ्नै हेलिकोप्टरमा यात्रा गरिरहेका थिए ।

विश्वका पाँच राम्रा बास्केटबल खेलाडीको नाम लिँदा कोबको नाम पनि सामेल हुन्छ ।

कोबको लोकप्रियता कति थियो भन्ने कुरा त उनको निधन लगत्तै सामाजिक सन्जालमा देखिएको प्रतिक्रियाबाट पनि पुष्टि हुन्छ । उनको निधनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा पूर्वराष्ट्रपति बाराक ओबामाले समेत समवेदना दिएका छन् ।  

ओबामाले लेखेका छन्, ‘बास्केटबलको कोर्टमा कोब एक महान खेलाडी थिए ।’

पाँच पटक एनबिए च्याम्पियान रहेका कोब ब्रायन्ट बास्केटबल इतिहासमा सबैभन्दा बढी सफल खेलाडीमध्ये एक हुन् । उनले २० वर्ष लामो करिअरमा सधैं लस एन्जल्स लाकेर्सबाट खेल खेलेका थिए । सन् २०१६ मा सन्न्यास लिएका कोबलाई सन् २००८ मा सबैभन्दा महत्वपूर्ण खेलाडीका रुपमा एनबिएले प्रस्तुत गरेको थियो ।



उनले बास्केटबलमा निकै धेरै सम्मान र अवार्ड हासिल गरेका छन् । सँगसँगै एकपटक ओस्कर अवार्ड पनि जितेका छन् । कोबले सन् २०१५ मा बास्केटबललाई एक प्रेम पत्र लेखेका थिए । यही पत्रको आधारमा एउटा एनिमेटेड फिल्म बनाइएको थियो । त्यसलाई नै ओस्कर अवार्ड दिइएको थियो । 



  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार ९:३६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया