सभामुख सापकोटाविरुद्धको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

काठमाडौं– नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको यो रिट न्यायाधीश मल्लको एकल इजलासमा परेको हो । 

यसअघि यो रिट न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको थियो । तर, उनले यो रिट हेर्न मिलेन । 

चार महिनापछि रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदमा आइतबारमात्र सापकोटा निर्विरोध निर्वाचित भएका थिए । उनले केही बेरमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । 





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १०:२६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया