सभामुख सापकाेटाले लिए सपथ

काठमाडाैं– सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

उनी आइतबार निर्विरोध सभामुखमा चयन गरेको थियो । सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

यसअघि चार महिनादेखि प्रतिनिधिसभामा सभामुख पद खाली थियाे । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि याैन दुर्व्यवहारकाे आराेप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । 





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १२:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया