४१ वर्षपछि बाख्रा चोरले पाए यस्तो सजाय

एजेन्सी– भारतको त्रिपुरामा ४१ वर्षपछि बाख्रा चोरले सजाय पाएका छन् । त्यति बेला बाबुसँग मिलेर बाख्रा चोरेका ५८ वर्षका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

चिया बगानमा काम गर्ने बच्चु कौलविरुद्ध स्थायी गिरफ्तारी वारेन्ट जारी भएको थियो । त्यसैले उनलाई प्रहरीले पक्राउ गरेको हो । 

एक प्रहरी अधिकारीले उनलाई अदालतमा पेश गरिने र हिरासतमा राखिने भारतीय मिडियालाई जनाएका छन् । उनले सन् १९७८ मा बाबुसँग मिलेर एउटा बाख्रा चोरेका थिए । उनका बाबुको १८ वर्षअघि नै निधन भइसकेको छ । 

त्यति बेला उनीहरुले चोरेको बाख्राको मूल्य ४५ रुपैयाँ थियो । यसलाई अहिलेको ३ हजार रुपैयाँसँग तुलना गरिएको छ ।





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १३:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया