जसको दिमाग प्रत्येक दुई घन्टामा रिसेट हुन्छ

एजेन्सी– यो एक अमेरिकी १६ वर्षीया युवतीको कुरा हो । उनको दिमाग प्रत्येक दुई घन्टामा रिसेट हुन्छ । र, उनलाई प्रत्येक दिन ११ जुन २०१९ हो जस्तो लाग्छ । यस्तो किन भएको हो भने उनको याद ११ जुनमा अड्किएको छ । 

दिमागमा लागेको एउटा गम्भीर चोटका कारण उनलाई यस्तो समस्या देखिएको हो । ११ जुनमा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि उनले प्रत्येक दिनलाई ११ जुन नै मान्न थालेकी हुन् । 

न्युजविकडटकमको एउटा रिपोर्टअनुसार ११ जुनमा एउटा कार्यक्रममा नाच्दै गर्दा उनी लडेकी थिइन् र उनको टाउकोमा समस्या देखिएको थियो । रिले नामकी यी युवतीको यस्तो अवस्था देखेर चिकित्सक पनि आश्चर्यमा परेका छन् । 





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १४:७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया