जुत्ता नभएकाले ब्यान्डेज बाँधेर दौडिएकी ११ वर्षे बालिकाले जितिन् ३ स्वर्ण

एजेन्सी– फिलिपिन्सकी ११ वर्षकी एक धाविकाबारे अहिले सामाजिक सन्जालमा निकै धेरै समाचारहरु सेयर भइरहेका छन् । किनकि उनले जुत्ता नभएकाले कपडाको ब्यान्डेज बाँधेर स्वर्ण पदक जितेकी छिन् । 

फिलिपिन्सको इलोइलो प्रान्तको एक स्कुलमा इन्टरस्कुल एथलिट्स प्रतियोगिता भएको थियो । यसमा ११ वर्षकी रिया बुलोसले जुत्ता नलगाई स्कुलको ४ सय मिटर, ८ सय मिटर र १५ सय मिटर दौड जितेकी हुन् । उनले यी तीनै स्पर्धामा स्वर्ण पदक जितेकी हुन् । 

जुत्ता नलगाए पनि उनले बाँधेको ब्यान्डेजमा चाहिँ नाइक लेखिएको थियो ।





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १५:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया