आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं– गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । 

गायन प्रस्तुतिका लागि सिक्किम जाने क्रममा त्रिभुवन विमानस्थलमा सुरक्षाकर्मीसँग विवाद भएपछि उनले त्यसको विरोधमा बोल्दै गरेको भिडियो फेसबुकमा पोस्ट गरेकी थिइन् । उनको सो भिडियो भइरल भएपछि त्यसमा सकारात्मक तथा नकारात्मक विभिन्न प्रतिक्रिया आइरहेका छन् । 

भिडियोमा प्रहरीविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा आस्थाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । सिक्किमबाट फर्केपछि साेमबार बिहान आफैँ प्रहरीकोमा पुगेकी उनलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ । 

यसअघि काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा जिप्रकाले उनलाई चार दिन थुनामा राख्न आदेश दिएको हो । 





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १५:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया