गाेसाइँकुण्ड यात्रामा निस्किएका दुई युवा मृत फेला

रसुवा– रसुवाको गोसाइकुण्ड यात्रामा हिडेका दुई युवा नुवाकोटको दुप्चेश्वर गाउँपालिका १, घ्याङफेदी घोप्टेभीरको फेदीमा मृत फेला परेका छन् । 

गत २८ माघमा गोसाइँकुण्ड जान भनि हिडेका सिन्धुपाल्चोक हेलम्वु गाउँपालिका १ का १७ वर्षका वाङगेल तामाङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ का १९ वर्षका जापान तामाङको शव सोमबार दुप्चेश्वर गाउँपालिकाले परिचालन गरेको उद्धार टोलीले फेला पारेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । 

दुई युवा माघ ३ गतेसम्म घ्याङफेदीको घोप्टेभीर मुनिको फेदीको होटेलमा बसेका थिए । उनीहरु हिउँ पर्न थालेपछि गोसाइकुण्ड जाने योजना स्थगित गरी काठमाडौं फर्कन भनि हिडेपछि सम्पर्कविहीन भएका थिए । प्रहरी र आफन्तले हेलिकप्टरबाट खोजी गरिए पनि फेला पार्न सकेको थिएन । लालबहादुर तामाङ नेतृत्वको उद्धार टोलीले हिउँले शरीरको केही भाग पुरिएको अवस्थामा शव फेला पारेको हो । दुई शव ४० मिटरको फरकमा पाइएको गाउँपालिका अध्यक्ष तामाङले बताए । 

जोखिम मोलेर खोजी तथा उद्धारमा सफलता हात पार्ने टोलीलाई दुप्चेश्वर गाउँपालिकाले एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । हिउँमा बाटो भुलेका उनीहरु चिप्लिएर खोँचमा खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार २०:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया