ए डिभिजन लिग : सरस्वतीको पहिलो जित

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती युवा क्लबले  पहिलो  जित  निकालेकाे छ । यस  क्रममा उसले हिमालयन  शेर्पालाई ४–३  गोल अन्तरले  पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेल निकै रोमाञ्चक बनेको थियो । खेलका पाँचौँ मिनेटमा नै काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए । तर, खेलको १०औँ मिनेटमा नै हिमालयनले बराबरी गोल  फर्कायो । उसका लागि आशिष गुरुङले गोल गरेका थिए । 

खेलको ३५औँ मिनेटमा विनोद केसीले गोल गर्दै सरस्वतीलाई पुनः अग्रता दिलाएका थिए । तर, खेलको ४५औँ मिनेटमा नै विजय श्रेष्ठले गोल गर्दै हिमालयनलाई  पुनः बराबरीमा ल्याएका थिए । 

खेलको ८३औँ मिनेटमा काजिम बुसारीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै सरस्वतीलाई अग्रता दिलाए । त्यस्तै, खेलको ८८औँ मिनेटमा मनीष थापाले गोल गर्दै सरस्वतीलाई ४–२ को स्थितिमा पुर्याए । थप गरिएको समयमा रवि थापा मगरले गोल गर्दै हिमालयनलाई खेलमा फर्काउने प्रयास गरेता पनि त्यो पर्याप्त नहुँदा खेल सरस्वतीले आप्mनो पक्षमा पारेको हो ।  
 
सरस्वतीका काजिम बुसारी खेलको उत्कृष्ट खेलाडी घोषित भए । आजको खेलमा जित हात पारेता पनि सरस्वती लिगको अन्तिम स्थानमा यथावत् छ । सरस्वतीले ९ खेलबाट मात्र ४ अंक जोड्न सकेको छ । 

आजको खेलमा पराजय बेहोरेको हिमालयन पनि लिगको १२औँ स्थानमा यथावत् छ । हिमालयनले ९ खेलबाट ७ अंक जोडेको छ । 





  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार १४:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया