काठमाडौं– साझा प्रकाशनको महाप्रबन्धक पदमा होमप्रसाद गौतम नियुक्त भएका छन् ।
माघ ११ गते बसेको साझा प्रकाशन सञ्चालक समितिको बैठकले झापा शिवसताक्षी–२का गौतमलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
मंगलबार साझा प्रकाशनका प्रशासन विभाग प्रमुख भेषराज घिमिरेले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।
गौतमले झापा जिल्लाका विभिन्न स्थानीय नेतृत्वमा रही जिम्मेवारी पूरा गरेका थिए । गौतमको नेतृत्वमा साझा प्रकाशन सबल र सक्षम हुने विश्वास लिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।