ए डिभिजन लिग : जावलाखेललाई हराउँदै आर्मी पुनः लिगको शीर्ष स्थानमा

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लबलाई १–० गोलअन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका कप्तान भरत खवासले गरेको गोल नै निर्णायक बनेको थियो । उनले खेलको ७५औँ मिनेटमा गोल गरेका थिए । आर्मीका विकास खवास खेलको उत्कृष्ट खेलाडी घोषित भए । 

यो जिसँगै आर्मीले दोस्रो स्थानको मच्छिन्द्र क्लबसँग १ अंकको अग्रता बनाएको छ । आर्मीले ९ खेलबाट २० अंक जोडेको छ भने समान खेलबाट १२ अंक जोडेको जावलाखेल लिगको आठौँ स्थानमा छ । 





  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार १७:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया