एनआइसीका ग्राहकलाई सामसुङ मोबाइल किन्दा विशेष छुट

काठमाडौं– एनआईसी एशिया बैंक र सामसुङ मोबाइलबीच एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी एस टेन र एस टेन प्लस तथा सामसुङ ग्यालेक्सी नोट टेन र टेनप्लसको खरिदमा विशेष छुट दिने सम्झौता भएको छ । 

सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा प्रयोग गरेर यी मोबाइल खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत छुट वा अधिकतम ३ हजारसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौतापत्र बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर श्री प्रणय रत्न स्थापितले आदनप्रदान गरे । यो योजना १२ माघदेखि १६ माघसम्म लागू हुने जनाइएको छ । 

बैंकले आफ्नो रणनीति अनुसार कार्ड तथा मोबाइल बैङ्किङ्गबाट गरिने विद्युतिय भुक्तानीलाई अत्याधिक प्रबर्धन गर्दै आइरहेको छ । यसै अनुरुप बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवाग्राहीहरुले यस बैंकको कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,०२५ भन्दा बढि मर्चेन्टहरुबाट १ देखि ५० प्रतिशतसम्मको आकर्षण छुट प्राप्त गर्न सक्नेछन् ।





  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार २०:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया