एजेन्सी– भारतीय कमेडियन कुणाल कामरा तथा पत्रकार अर्नब गोस्वामीको एउटा भिडियो अहिले सामाजिक सन्जालमा निकै चर्चित भएको छ ।
यो भिडियोमा कुणाल कामराले विमानमा अर्नब गोस्वामीलाई केही प्रश्न सोधेका छन् । तर, अर्नबले कुणालको कुनै पनि कुरामा ध्यान दिएका छैनन् । उनी आफ्नो ल्यापटपमा हेरेर बसिरहेका छन् ।
बीचबीचमा केही अपशब्दहरु पनि प्रयोग गरेर कुणालले अर्नबमाथि विभिन्न आरोप पनि लगाएका छन् । कुणाल स्वयंले ट्विटरमा सेयर गरेको यो भिडियोको क्याप्सन दिएका छन्– मैले आफ्नो हिरो रोहित वेमुलाका लागि यो गरेको हुँ ।
तर, कुणाल जुन विमानमा थिए, त्यो विमान कम्पनी इन्डिगो एयरले स्टान्डअप कमेडियन कुणाल कामरालाई छ महिना प्रतिबन्ध लगाइदिएको छ ।
कम्पनीले मुम्बईबाट लखनउ गइरहेको एक उडानमा कुणालको व्यवहार आपत्तिजनक भएकाले आफूहरुले यो प्रतिबन्ध लगाएको जनाएको छ । अब कुणाले यो कम्पनीका कुनै पनि उडानमा ६ महिना यात्रा गर्न पाउने छैनन् ।
यतिमात्र होइन, इन्डिगो एयरले आफ्ना यात्रीहरुसँग यात्राको समयमा अरु यात्रुमाथि नीजि हमला नगर्न अनुरोध पनि गरेको छ । कुणाल कामराले चाहिँ इन्डिगो एयरको यो फैसलालाई स्वीकार गरेका छन् ।
उनले ट्विट लेखेका छन्, ‘ममाथि ६ महिनाको प्रतिबन्ध लगाएकोमा धन्यवाद । मोदीजीले सायद एयर इन्डियामा मलाई सधैंका लागि प्रतिबन्ध लगाउने छन् ।’
भिडियोमा कुणालले अर्नबलाई डरपोक भन्दै प्रश्न सुरु गरेका छन्, उनको पत्रकारितामाथि प्रश्न गर्ने भन्दै आफ्नो भिडियो सुरु गरेका छन् ।
अर्नब गोस्वामी भारतीय सरकारसँग नजिक पत्रकार मानिएका छन् । हेर्नुस् यो भिडियोः
I did this for my hero...
— Kunal Kamra (@kunalkamra88) January 28, 2020
I did it for Rohit pic.twitter.com/aMSdiTanHo
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।