प्रहरी र आपराधिक समूहबीच गाेली हानाहान
साङ्केतिक तस्वीर

गाैर— प्रहरी र फिरौतीका लागि नेपाल प्रवेश गर्न लागेको भनिएका एक आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको छ । घटनामा आपराधिक समूहका १ व्यक्ति गोली लागेर घाइते भएका छन् ।

रौतहटको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै गएराति १२:३० बजे प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो । घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाँद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो । प्रहरीका अनुसार, मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ भएको थियो । यही क्रममा आत्मरक्षाका लागि गोली चलाउँदा चाँद घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

घाइते चाँदको गौरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, चाँदले भारतीय नागरिक मोमताज, नेपाली नागरिक ओमप्रकाश साहसहित ३ जना व्यापारीसँग फिरौती लिने प्रयोजनका लागि भारतबाट नेपाल प्रवेश गरेको स्वीकारेका छन् । चाँद तराई मधेस नेसनल नाममा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आइरहेको भूमिगत समूहमा आबद्ध रहेको पनि खुलेको छ ।





  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार ११:६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया