नेकपाको महाधिवेशन ०७७ चैतकाे अन्त्यमा गर्ने प्रस्ताव

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा पार्टीको महाधिवेशन आगामी वर्षको अन्त्यमा गर्ने प्रस्ताव गरिएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको महाधिवेशन ०७७ चैत २५ गतेदेखि ३० गतेसम्म गर्ने प्रस्ताव गरेका हुन् । बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सो प्रस्ताव उल्लेख छ । 

प्रधानमन्त्री तथा अर्का केपी शर्मा ओलीको सहमतिमा अध्यक्ष दाहालले उक्त प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।

दाहालको राजनीतिक प्रतिवेदनमा ‘०७७ भदौदेखि मंसिरसम्म स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने’ र ०७७ चैतको अन्त्यमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।





  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार १६:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया