सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्याे

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३ सय कायम गरेको छ । मंगलबार सुनको मूल्य स्थिर थियो ।

सोमबार र मंगलबार छापावाला सुन प्रतितोला ७६ हजार र तेजाबी सुन प्रतितोला ७५ हजार ७ सयमा खरिद–बिक्री भएको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । मंगलबार चाँदी प्रतितोला १५ले घटेर ८ सय ७० पुगेको छ ।





  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार १७:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया