काठमाडौं– सर्वोच्च अदालतले झापामा रहेको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्ने जवाफ पेस गर्न भक्तपुर प्रशासनलाई आदेश दिएको छ ।
सर्वोच्चले प्रसाईंलाई पक्राउ गर्नुको जवाफ १५ दिनभित्र पेस गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई कारण देखाउ आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले सो आदेश दिएको हो ।
प्रसाईंले गत पुसमा पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मागेको बताएका थिए । आयोगका उपाध्यक्ष डा. गिरीले आफूमाथि प्रसाईंले अभद्र व्यवहार गरेको आरोपसहित माघ १ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएका थिए ।
गिरीको जाहेरीपछि प्रशासनले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता प्रसाईं फरार छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।