के हो हेमोग्लोबिन ? कसरी गर्ने हेमोग्लोबिनको मात्रा सही ?

शरिरको सबै अङ्गले राम्रोसँग काम गर्नको लागि हेमोग्लोबिन अति आवश्यक पर्छ । तर प्रोटिन, भिटामिन र खनिजको कमी भएमा रगतमा हेमोग्लोबिनको मात्रा पनि कमी हुन्छ । यदी बच्चा बेला देखि नै शरिरमा हेमोग्लोबिनको कमी भएमा कुपोषणको समस्या देखा पर्छ । गर्भवती महिलामा हेमोग्लोबिनको कमी भएमा गम्भिर समस्याहरु देखापर्छ ।

शरिरमा जब हेमोग्लोबिनको कमी हुन्छ यसको असर शरिरमा बहने रगतको अक्सीजनको मात्रामा पर्छ । रगतमा अक्सीजनको कमीले कमजोरी हुन्छ । बिरामी बेहोश पनि हुनसक्छ । सामान्य काम गर्दा पनि श्वास फेर्न गाह्रो हुन्छ । अधिकांश समयमा संतुलित आहारा खानाले हेमोग्लोबिनको मात्रा बढ्छ । यदी संतुलित आहारा खादा पनि हेमोग्लोबिनको मात्रा बढेन भने चिकित्सकलाई देखाउनु पर्छ । १८ वर्षभन्दा बढी उमेर भएको मानिसमा हेमोग्लोबिनको मात्रा १३.६ देखि १७.७ हुनुपर्छ ।

 

हेमोग्लोबिनको कमीले लाग्ने रोगहरु
शरीर दुख्ने, विशेषत टाउको दुख्ने
रक्तअल्पत्ता हुने
किड्नी र कलेजोको विरामी
मुटुरोग
थकान, मांसपेशीमा कमजोरी 
छालाको रङ बदलिने र घाउ चाडै निको नहुने
महिनावारीको समयमा धेरै दुखाई
शरिर चिसो भइराख्ने

 

हेमोग्लोबिनको मात्रा बढाउन के खाने ?
शरिरमा तुरुन्तनै हेमोग्लोबिनको मात्रा बढाउँन खरबुजा र पालुङ्गोको साग सेवन गर्न सकिन्छ । पालुङ्गोमा भरपुर मात्रामा आइरन पाईन्छ भने खरबुजाले आइरनको मात्रालाई ब्यालेन्स गर्न मद्दत गर्छ । अनार, चुकंदर, केरा, गाजर, अम्बा, स्याउ, अङ्गुर, सुन्तला र गोलभेडा जस्ता फलफुल र सब्जीमा प्रशस्त मात्रामा आइरन पाईन्छ । यस्ता फलफुल र सब्जीको सेवनले हेमोग्लोबिनको मात्रा बढाउँछ । 
हरियो साग र सलादको प्रयोगले रगतमा छिट्टै हेमोग्लोबिनको मात्रा बढाउँछ । प्रशोधित चिनीको साटो सखरको प्रयोग स्वास्थ्यको लागि फाईदाजनक हुन्छ । सखरले हेमोग्लोबिनको मात्रा बढाउँछ । खजूर, बदाम, किसमिस, दूध, अण्डा, माछा, मासु, सोयाविन, राजमा, ब्राउन राइस, डार्कचक्लेटको प्रयोगले पनि रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
 





  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार १९:३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया