अक्सिजन प्लान्ट बनाउन ३ कराेड सहयाेग

काठमाडौं महानगरपालिकाले मध्यपुरथिमि नगरपालिका–४ मा शंखधर पार्क निर्माण गर्न एक करोड र गंगालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट जडानका लागि तीन करोड रुपैयाँ दिने सहमति गरेको छ । 

महानगरपालिकारका मेयर विद्यासुन्दर शाक्यले पार्कको बुधबार नै शिलान्यास गरेका छन् । उनले पार्क निर्माणका लागि मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई एक करोडको चेक हस्तान्तरण गरेका छन् ।

सहिद सप्ताहअन्तर्गत सहिद गंगालाल श्रेष्ठका नामबाट सञ्चालित केन्द्रसँग उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहवरमा मेयर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

हृदयरोग केन्द्रले अक्सिजन प्लान्ट र यससम्बन्धी उपकरण खुला प्रतिस्पर्धाबाट खरिद गर्नेछ । प्रस्तावकले कबोल गरेको रकम महानगरले बैंकमार्फत भुक्तानी गर्ने सहमतिमा उल्लेख छ । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् उपकरण जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत सम्भार गर्ने जिम्मेवारी केन्द्रको हुनेछ ।





  • प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार १०:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया