काठमाडौं– नेपाली कांग्रेसले सुनसरीका राजीव ढुंगानालाई नेपाल विद्यार्थी संघ (नेवि संघ)को नेतृत्व दिएको छ ।
कांग्रेसले महामन्त्रीमा मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई चयन गरेको छ । गत वर्ष माघदेखि नेवि संघ नेतृत्वविहिन बनेको थियो ।
गत वर्ष फागुन १ गते कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघलाई नेतृत्व दिन सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको थियो। जिम्मेवारी पाएको एघार महिनापछि देउवाले बिहीबार नेविसंघ सभापतिसहित महामन्त्रीहरू मनोनित गरेका हुन् ।
कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ४२ ९१० ९च० बमोजिम नेविसंघमा नेतृत्व दिइएको कांग्रेसले जनाएको छ।
ढुंगाना नेतृत्वको समितिलाई छ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ ।
सभापति देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलासँग परामर्श गरी नेविसंघ सभापति र महामन्त्री मनोनित गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।