काठमाडौं– सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको छ ।
माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थप गरेको हो । ती दुवै आयोगको म्याद आउँदो चैतसम्म मात्र थियो ।
दुवै अयोगमा केही सातअघि मात्रै अध्यक्ष र पदाधिकारी नियुक्त भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।