गाँजा खेती खुला गर्ने विषयमा सरकारका प्रवक्ताले भने– पैसा आउँछ भन्नेबित्तिकै जे पनि गर्न सकिन्न

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले गाँजा खेतीलाई खुला गर्न नसक्ने बताएका छन् । सरकारका प्रवक्ता बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सोबारे बताएका हुन् । 

गाँजा खेतीलाई अहिलेसम्म नेपालको कानुनले मान्यता नदिएको भन्दै उनले गाँजा खेती मान्छे लठ्याउनलाई गर्ने हो वा औषधीय प्रयोगको लागि हो पहिले त्यो कुरामा स्पष्ट हुनुपर्ने बताए । 

गाँजा खेती गरेरै धनी हुने वा नहुने विषय आफूलाई जानकारी नभएको भन्दै उनले भने, ‘अहिलेसम्म गाँजालाई हामीले लागुऔषधकै रुपमा लिएका छौं।’ उनले पैसा आउँछ भन्नेबित्तिकै जे पनि गर्न नसकिने बताए । 

गत माघ ६ गते सत्तापक्षका विरोध खतिवडासहित ४२ सांसदले गाँजा खेतीलाई वैधानिक गर्न प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए ।





  • प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार १७:२५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया