नेप्सेमा २० अंककाे वृद्धि

काठमाडौं– बिहीबार धितोपत्र बजार उकालो लागेको छ । साताको अन्तिम दिन बजारमा नेप्से परिसूचक करिब २० अंकले बढेर बजार बन्द भएको हो ।

अघिल्लो दिन सामान्य ऋणात्मक बनेको नेप्से परिसूचकमा यसदिन कारोबार सुरु भएदेखि नै सुधार आयो । तीनपल्टसम्म सामान्य करेक्सन देखिएर बजार लगातार सुधारको बाटोमा लागदा नेप्सेमा यसदिन १९ दशमलब ५१ अंकको वृद्धि आत्मसात भएको हो ।

नेप्से बढेर १ हजार ३ सय २५ दशमलव ३८ को बिन्दुमा पुग्दा बजारमा करिब २ अर्ब रुपैयाँका सेयर किनबेच भए । यसदिन १ सय ७८ कम्पनीका ४६ लाख १ हजार कित्ता सेयर १ अर्ब ९६ करोड ६२ लाख रुपैयाँमा कारोबार भए ।

नेप्से बढेको दिन १ सय १३ कम्पनीका लगानीकर्ताले कमाउँदा ३३ कम्पनीको सेयर मूल्य भने ओरालो लाग्यो । बढ्नेमा एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्दा हिमालय ऊर्जा विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ५ दशमलब ३ प्रतिशत सेयर मूल्य गुमाए ।

२ अर्बको कारोबार भएको दिन सूर्य लाइफको ११ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भए । यसदिन ट्रेडिङबाहेक सबै समूहको समूहगत उपसूचकमा वृद्धि भयो । बढ्नेमा निर्जीवन बिमा समूह सर्वाधिक ३ दशमलब ९६ प्रतिशतले उकालो लाग्यो ।





  • प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार १७:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया