डढेलो नियन्त्रणमा नआएपछि अस्ट्रेलियामा आपतकाल घोषणा

एजेन्सी– अस्ट्रेलियामा आपतकाल घोषणा गरिएको छ । अस्ट्रेलियामा लागेको डढेलो नियन्त्रणमा नआएपछि आपतकाल घोषणा गरिएको हाे ।

राजधानी सहर क्यानबेरा र वरपरका क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर भएपछि शुक्रबार आपतकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएक छन्  ।

क्यानबेराका मुख्यमन्त्री एन्ड्रिउ बार्रले सन् २००३ मा लागेको डढेलोपछि पहिलोपटक आपतकालीन घोषणा गरेको बताएका हुन् । डढेलो १८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको र नियन्त्रणमका नरहेको अधिकारीहरुको भनाइ छ ।

उक्त आपतकालीन अवस्था ७२ घण्टासम्म लागू हुनेछ । सो वेला सहर खाली गर्न, सडक बन्द गर्न अधिकारीहरुलाई अधिकार दिइएको छ ।

साे डढेलोमा परेर अहिलेसम्म ३३ जनाको ज्यान गइसकेको छ भने ५० करोडभन्दा बढी पशुपक्षीको मृत्यु भइसकेको बताइएकाे छ ।





  • प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार १६:१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया