एजेन्सी– माइक्रोसफ्टका संस्थापक तथा धनाढ्य बिल गेट्सकी छोरी जेनिफर गेट्सको इजिप्टका खेलाडीसँग बिहे हुने भएको छ । बिल गेट्सले आफ्नी छोरीको इंगेजमेन्ट घोषणा गरेका छन् ।
अमेरिकी समाचार संस्था सिएनएनका अनुसार माइक्रोसफ्टका संस्थापक गेट्सकी जेठी सन्तान जेनिफरफो इंगेजमेन्ट इजिप्टका घोडसवार खेलाडी नायल नासारसँग हुने भएको हो ।
बिल गेट्सकी छोरी जेनिफरले यसबारे जानकारी दिँदै आफ्नो इन्स्टाग्राममा तस्बिर राखेकी छिन् । जेनिफरका अनुसार आगामी ओलम्पिक्समा इजिप्टलाई ‘क्वालिफाइड गराउन नायललको भूमिका महत्वपूर्ण थियो ।
नायालसँगको फोटो राख्दै जेनिफरले लेखेकी छन्– बाँकी जिन्दगी तिमीसँगै हाँस्दै, सिक्दै, हुर्किँदै र एक–अर्कालाई माया गर्दै बिताउन व्यग्र छु ।
उता, नायल नासारले पनि लेखेका छन्– म संसारकै भाग्यमानी र खुसी मान्छे हुँ, जेन, मैले कल्पना गरेभन्दा धेरै बढी तिमी छौ । तिमीसँग जीवन बिताउने क्षणका लागि म आतुर छु। तिमीविनाको जीवन म कल्पना पनि गर्न सक्दिनँ । मेरा हरेक दिन सपनाजस्तै सुन्दर बनाएकामा धन्यवाद ।
नायल र जेनिफर दुवैले स्ट्यान्फोर्ड विश्वविद्यालय पढेका हुन् । दुवैलाई घोडचढी खेलमा रुचि छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।