नेविसंघका त्रिपाठीले ताेडे आमरण अनशन

काठमाडौं– नेविसंघमा ३२ वर्षे उमेर हद लागू हुनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले आमरण अनशन तोडेका छन् । नेविसंघको विधानअनुसार ३२ वर्षे उमेर हदको माग गर्दै त्रिपाठी पाँ दिनदेखि आमरण अनशनमा थिए ।

आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघलाई जिताउनुपर्ने अपरिहार्य रहेको र त्यसका लागि आफूले आमरण अनशन स्थगित गर्नुपरेको त्रिपाठीले बताएक छन् । 

नेपाली कांग्रेसले नेविसंघको विधानविपरीत नेविसंघको अध्यक्ष र दुई महामन्त्री नियुक्त गरेको छ । जसअनुसार ४६ वर्षका राजीव ढुंगानालाई अध्यक्ष बनाइएको छ भने महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर नियुक्त भएका छन् । उनीहरु ३२ वर्षभन्दा माथिको उमेरका हुन् ।   





  • प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार १७:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया