राष्ट्रिय प्रसारण लाइनमा ६.६ मेगावाट बिजुली थपियो

काठमाडौं– राष्ट्रिय प्रसारण लाइनमा ६.६ मेगावाट बिजुली थपिएको छ । लमजुङमा निर्माण भएको रुदीखोला (बी) जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको हो ।

उक्त आयोजना निर्माण सुरु भएको करिब दुई वर्षमै उत्पादन सुरु भएको हो । बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको सो आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ ।

सो आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत उत्पादन हुने र सो अवधिभर सरकारले बिजुलीको रकम तिर्नुनपर्ने बताइएको छ । 

परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन सुरु हुने बिन्दवासिनी हाइड्रो कम्पनीले जनाएको छ । उक्त आयोजनामा प्रतिमेगावाट १८ करोड खर्च भएको कम्पनीको दाबी छ ।





  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार १५:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया